
काठमाडौं, जेठ १५ :
राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्क योजनालाई अमेरिकाको एक संघीय अदालतले रोक्ने निर्णय गरेको छ । अदालतको यो निर्णयले ट्रम्पको आर्थिक नीतिको एक प्रमुख भागमा ठूलो धक्का लागेको छ ।
कोर्ट अफ इन्टरनेशनल ट्रेडले फैसला सुनाउँदै भनेको छ कि ह्वाइट हाउसले प्रयोग गरेको आपतकालीन कानुनले राष्ट्रपतिलाई एकल निर्णयमा विश्वका प्राय सबै देशहरूमा भन्सार शुल्क लगाउने अधिकार दिँदैन।
यो फैसलाले अमेरिका द्वारा चीन,मेक्सिको र क्यानडामा लगाइएको छुट्टै भन्सार शुल्कहरू पनि रोकिएको छ।
यो फैसलापछि केही मिनेटभित्रै ट्रम्प प्रशासनले पुनरावेदन दायर गरेको छ ।
राष्ट्रपति ट्रम्पले भन्सार शुल्क लगाएपछि विदेशबाट सामान आयात गर्ने पाँच साना व्यवसायहरूको तर्फबाट मुद्दा दायर गरिएको थियो।