काठमाडौं, जेठ १५ :

बेस्ट फाइनान्स कम्पनी लिमिटेडले असार १८ गते वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा अन्य कम्पनीसँग गाभ्ने, गाभिने अथवा प्राप्तिसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

यस्तै आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा/नोक्सान हिसाब र नगदप्रवाह विवरणलगायत वित्तीय विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष ०८१/८२ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि छ । सभा गर्न कम्पनीले जेठ २५ गते बुक क्लोज गर्ने भएकाले जेठ २४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।