बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति अर्थतन्त्र

प्रतिनिधि र राष्ट्रिय सभामा बजेट टेबुल, मंगलबारदेखि ४ दिन छलफल चल्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
प्रतिनिधि र राष्ट्रिय सभामा बजेट टेबुल, मंगलबारदेखि ४ दिन छलफल चल्ने
काठमाडौं, जेठ १५ :

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२-८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)को प्रति टेबुल गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट टेबुल गरेका हुन् । 


सङ्घीय संसद्को संयुक्त बैठकमा आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले बजेटमाथि सामान्य छलफल गर्न र अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि यही जेठ २०, २१, २२ र २३ गतेका दिन तोकेको जानकारी दिए । 

उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन दलीय पदाधिकारीले आ-आफ्ना दलका सांसदको नाम बैठक बस्नु एक घण्टा अगावै उपलब्ध गराउन उनले आग्रह गरे ।

यस्तै, अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल राष्ट्रिय सभाको बैठकमा पनि टेबुल गरेका छन् ।  राष्ट्रिय सभाको अर्को बैठक यही जेठ २० गते मङ्गलबार १ः१५ बजे बस्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार