कास्की, जेठ १६ :

गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिने कानुन ल्याएको भन्दै त्यस्को विरोध स्वरुप यातायात व्यवसायीले गण्डकीमा सार्वजनिक यतायात सेवा ठप्प पारेका छन् ।

सार्वजनिक यातायात सेवालाई धराशायी बनाउन सरकार लागेको आरोप नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छ ।

गण्डकीमा सार्वजनिक यातायात  व्यवसायीले यो निर्णयबाट पछि हट्न सरकारलाई दबाब दिएका छन् ।

व्यवसायीको आन्दोलनले गर्दा गण्डकी प्रदेशमा आज बिहानैदेखि लामो तथा छोटो दूरीका बस सेवा,ट्याक्सी,सार्वजनिक ढुवानी सेवा ठप्प छ ।

१६ गतेदेखि गण्डकी प्रदेशभित्र र १९ गतेदेखि देशव्यापी यातायात सेवा ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन् ।