
काठमाडौं, जेठ १६ :
पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको निधन भएको छ । ६० वर्षीया महतको गएराति १२:४५ बजे निधन भएको हो ।
पूर्वमन्त्री पण्डितले नै महतको निधनबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
‘मेरो जीवनसंगिनी विमला महतले १२:४५ मा मलाई एक्लो बनाइ,’ पण्डितले फेसबुकमा लेखेका छन् । महत लामोसमयदेखि मांशपेसीसम्बन्धी दुर्लभ रोगबाट पीडित थिइन् ।