बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

राजावादी रोक्न दरबारमार्गमा निषेधाज्ञा, ५ जनाभन्दा बढी हिँड्न नपाइने

केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म निषेध आदेश जारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ जेठ, २०८२ मा प्रकाशित
राजावादी रोक्न दरबारमार्गमा निषेधाज्ञा, ५ जनाभन्दा बढी हिँड्न नपाइने
काठमाडौं, जेठ १६ :

काठमाडौं जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेध आदेश जारी गरेको छ । राजावादीको आन्दोलनलाई लक्षित गर्दै दरबार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

भोलि (शनिबार) देखि असार २४ गतेसम्मका लागि निषेध आदेश जारी गरिएको हो ।

केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म निषेध आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने उल्लेख छ ।

राजावादीहरूले शनिबार नारायणहिटी दरबार संग्रहालयअगाडि विरोध प्रदर्शन गर्ने जानकारी पाएपछि निषेध आदेश जारी गरिएको हो ।

यसअघि २०८१ फागुन २६ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किनुअघि काठमाडौंका विभिन्‍न स्थानमा निषेधाज्ञा थपिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार