
जनकपुर, जेठ १८ :
प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको एकैसाथ शिलान्यास गरेका छन् ।
उनले आइतबार विद्युतीय माध्यमबाट एकैसाथ ती सडकको शिलान्यास गरेका हुन् ।
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सडक शिलान्यास गरेका हुन् ।