
काठमाडौं, जेठ १९ :
युक्रेनले रुसमा रहेका विभिन्न हवाई अड्डाहरूमा ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ । जसमा धेरैजसो युद्धक विमानहरू नष्ट गरिएको समाचार छ।
युक्रेनले ड्रोनहरूको प्रयोग गरी चारवटा रूसी सैन्य अड्डामा ४० वटा युद्धक विमानहरूमा ठूला आक्रमणहरू गरेको युक्रेनी सुरक्षा सेवाले बताएको छ ।
“स्पाइडरवेब” नाम दिइएको यो अपरेशन रुस र युक्रेनबीच इस्तानबुलमा हुने अपेक्षित शान्तिवार्ताको पूर्वसन्ध्यामा गरिएको हो।
यो युक्रेनले युद्ध सुरु भएदेखि अहिलेसम्म रूसी हवाई अड्डाहरूमा गरेको सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ।
राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले युक्रेनले यो अपरेशनको तयारी डेढ वर्षभन्दा बढी समय लगाएर गरेको थियो र आक्रमण गर्न ११७ वटा ड्रोन प्रयोग गरिएको बताएका छन् ।