
काठमाडौं, जेठ १९ :
राजावादी समूहले आज (सोमबार) कुनै प्रदर्शन नगर्ने भएको छ ।
संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले सोमबार विज्ञप्ति जारी गर्दै आज राजपरिवारका सदस्यहरूको हृदयविदारक देहावसान भएको सबै नेपालीहरूको लागि शोकको दिन भएकाले जुलुस, धर्नाजस्ता अन्य आन्दोलनका कार्यक्रम केही नगरिएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा साँझ ६ बजे भने कमलादी गणेशस्थानमा दिवंगत आत्माहरूको चिरशान्तिका लागि दीप प्रज्वलन कार्यक्रम गरिने समितिले विज्ञप्तिमार्फत जनाएको छ ।