बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुटौं’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ जेठ, २०८२ मा प्रकाशित
‘जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुटौं’
काठमाडौं, जेठ १९ :

प्रधानमन्त्री केपी ओलीले आपसी एकता र समझदारी वृद्धि गर्दै सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न आग्रह गरेका छन् ।

आदिवासी जनजाति उत्थान प्रतिष्ठानको सञ्चालक परिषद्को सिंहदरबारमा सोमबार बसेको २५औं बैठकमा परिषद्को अध्यक्षसमेत रहेका ओलीले पछाडि परेका जातिलाई उत्थान र क्षमतावृद्धि गरेर राष्ट्रिय समृद्धिमा लानुपर्नेमा जोड दिए ।

‘मुलुकमा सांस्कृतिक थिचोमिचो भइरहेका बेला नेपालका सबै जातिहरुले आफ्नो पहिचान खोजेर त्यसलाई महत्त्व दिनु नेपालको सांस्कृतिक सम्पन्नताको पहिचान हो । हामीले हाम्रो संस्कृति मर्न दिनु हुँदैन,’ ओलीले भने, ‘जातीय विकासको कुरा गर्दा हामीले जातीय वैमनस्यता र चिसोपन खोजेको होइन । आपसी एकता र समझदारी र सामाजिक न्याय खोजेको हो । यस प्रतिष्ठानलाई दलीय वा राजनीतिक मतदभेदका आधारमा होइन, साझा संस्थाका रुपमा लिएर जानुपर्छ ।’

उनले कम्तीमा वर्षमा दुईपटक प्रतिष्ठानको सञ्चालक परिषद्को बैठक बसेर समसामयिक समस्यामाथि छलफल गरेर समाधानका उपायका लागि सरकारसँग सिफारिस गर्न आग्रह गरे ।

बैठकमा प्रतिष्ठानको आगामी आर्थिक वर्षका लागि बजेट र कार्यक्रम, चालु आर्थिक वर्षको समीक्षा, थप जातिको सूचीकरण आदि कार्यसूची छन् । हाल मुलुकमा ३७ प्रतिशत आदिवासी जनजाति छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार