
काठमाडौं, जेठ २० :
कान्तिलोकपथ अन्तर्गत काठमाडौं-हेटौंडा सडक यही जेठ २१ गतेदेखि २४ गतेसम्म चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै सो सडक पूर्ण रुपमा बन्द हुने जानकारी गराएको छ ।
बगुवामा रहेको बागमती खोलामा निर्माणाधीन अवस्थामा रहेको बेलि ब्रिज जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको सुचनामा भनिएको छ ।
हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।