
आर्थिक वर्ष २०८१÷८२ को वैशाख महिना सम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट चार अर्ब ७५ करोड आठ लाख छ हजार ८सय ७१ बराबरको मालसामान आयात भएको छ ।
नेपालबाट रु ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन बङ्गलादेश निर्यात भएका छन् ।
काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै रु एक अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ ।
यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री पोल्ट्री फिड सप्लिमेन्ट,कस्मेटिक आइटम,हाइड्रोजन प्याराअक्साइड,जुट यार्न,विद्युतीय उपकरण,औषधि,आलु,पेपर,ग्लास,फुड एण्ड वेभरेजलगायतका सामग्री रहेका छन् ।
काँकडभिट्टाबाट रु ३० करोड २७ लाख ७९ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ ।
यहाँबाट अन्य जडीबुटी,अनिमल फिड,घरायसी सामान निर्यात भएका कार्यालय प्रमुख पाण्डेयले बताउनुभयो ।