काठमाडौं-हेटौंडा जोड्ने कान्ती राजमार्ग सडक खण्ड आज देखि चार दिन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले उक्त सडकखण्ड यही जेठ २४ गतेसम्म बन्द रहने सूचना मार्फत जनाएको छ ।
बागमती खोलामा निर्माणधीन बेलीब्रिज जडान कार्यका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्नका लागि कान्ती लोकपथ सडक योजनाले पत्राचार गरेपछि सो सडक खण्ड बन्द गर्न लागिएको हो ।
चार दिनका लागि सवारी आवागमन बन्द गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले विज्ञप्ती जारी गरी जानकारी दिएका छन्।
सो अवधिमा हेटौडा काठमाडौं वा काठमाडौं- हेटौडा यात्रा गर्नुपर्ने सवारी साधनहरूलाई वैकल्पिक मार्ग कुलेखानी- कलंकी-हुमाने वा कुलेखानी- सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्न पनि प्रशासनले अनुरोध गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।