काठमाडौं, जेठ २१ :

आइसिसी विश्वकप लिग टु मा आज नेपाल नेदरल्याण्ड्संग भिडदैछ ।

नेपाली टोलीले सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ ।

स्कटल्याण्डको डुन्डेमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्ड्सबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुँदैछ ।

पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपालले आफ्नो जितलाई निरन्तरता दिन चाहान्छ । यस सिरिजको पहिलो खेल खेल्दै गरेको नेदरल्याण्ड्स पनि सुखद सुरुवातको अपेक्षामा छ ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउनेछ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १३ खेलमा ८ अंकका साथ लिगको सातौं स्थानमा छ  भने नेदरल्याण्ड्स २० खेलमा २६ अंक सहित दोस्रो स्थानमा रहेको छ ।