शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार प्रदेश कोसी प्रदेश

भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति

· बुधबार, २१ जेठ, २०८२ मा प्रकाशित
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
काठमाडौं, जेठ २१ :

जिल्लाको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति गरिएको छ । एक करोड ७० लाख लागतमा तीन खण्डमा सडक स्तरोन्नति गरिएको हो ।

भोजपुर नगरपालिका–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार वडाको प्रयासमा धनकुटास्थित सघन सहरी कार्यालयको रु एक करोड, केन्द्र सरकारको रु ६० लाख र प्रदेश सरकारबाट प्राप्त रु १० लाखमा नौ किलोमिटर देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति भएको छ । अब यो सडकमा सहज रूपमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने छ ।

“देउराली–भङ्गेरी–पालुवा–सडकखण्डको स्तरोन्नति गरेका छौँ”, वडाध्यक्ष कार्कीले भन्नुभयो । यो भोजपुर सदरमुकामलाई रामप्रसादराई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकालाई जोड्ने सबैभन्दा छोटो सडक हो । वडामा सानाठूला गरी १७ वटा सडक रहेकामा सबैको स्तरोन्नति गरिएकाले स्थानीयका घरसम्म एम्बुलेन्सलागयत अत्यावश्यक सवारीसाधन  पुग्नसक्ने बनाइएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार