शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार प्रदेश लुम्बिनी प्रदेश

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

· बुधबार, २१ जेठ, २०८२ मा प्रकाशित
परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला
पाल्पा, जेठ २१ :

पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्जैबाजा बजाउने तालिम लिएर  विवाह,व्रतबन्धलगायत धार्मिक उत्सव र सभा समारोहमा आफ्नो सीप देखाउन थालेका छन् ।

आदिवासी जनजाति समूहकी संयोजक अरुणा छहारीले पञ्चैबाजाको संरक्षण, परम्पराको जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने भएकाले गाउँपालिका र वडाको सहयोगबाट आफूहरूले बाजा बजाउन सिकेको बताउनुभयो ।

पञ्चैबाजा भनिए पनि यो समूहमा नौ जनाको टोली आवश्यक पर्छ । दुई जनाले सनाई, दुई जनाले कर्नाल, दुई जनाले दमाहा बजाउँछन् । समूहमा एकएक जनाले ढोलकी, ट्याम्को र झ्याली बजाउँछन् । 
यो समूहमा ४० देखि ५५ वर्षसम्मका १६ महिला आबद्ध छन् । गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो, छिमेकी गाउँबाट बाजा बजाउने जनशक्ति नआए संस्कार कार्य नै प्रभावित हुने अवस्था आएपछि महिलाहरूले बाजा बजाउने सीप सिकेर व्यवसाय थालेका छौँ, उहाँले भन्नुभयो ।

पञ्जैबाजा संरक्षणका लागि महिलाहरू अघि सरेपछि त्यसमा पुरुषहरूले पनि साथ दिएको हुन् । बाजा बजाउनेदेखि त्यसका तालका विषयमा पुरुषले सहयोग गरेको संयोजक छहारीले बताउनुभयो ।

संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि  गाउँपालिका र वडा कार्यालयले महिलाहरूका लागि तालिम दिएर बाजा किनिदिएपछि  समूहमा आबद्ध महिला बाजा बजाउन थालेका हुन् । युवा र पुरुषहरू विदेशिएका कारण जनशक्ति नहुँदा विवाह, व्रतबन्धजस्ता शुभकार्यमा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि यहाँका महिलाले व्यावसायिक रूपमा बाजा बजाउने पेसा अपनाएका वडाध्यक्ष नारायणबहादुर केसीले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालका अनुसार गत वर्ष गाउँपालिकाबाट वडामा विनियोजन गरेको रु ५० हजार बजेटबाट बाजा खरिद गरिएकामा यस वर्ष रु ५० हजार बजेटमार्फत महिलालाई बाजा बजाउन सिकाइएको हो । सीप र सामग्री पाएपछि महिलाले व्यावसायिक रुपमा बाजा बजाउन थालेका हुन् ।

पञ्जैबाजा संरक्षण, परम्परा जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने समूहकी अस्मिता रुचालले बताउनुभयो । ‘‘अहिले म ढोलकी सिक्दैछु, पहिला मादलसम्म बजाउन जानेको थिइनँ, सिक्दै जाँदा सबै बजाउन सकिने रहेछ । हामी  महिलाले बाजा बजाउन लागेका छौँ, यसले समाजमा ठूलो प्रभाव पार्नेछ”, उहाँले भन्नुभयो । समूहका १६ जनाले पञ्चैबाजा बजाउन तालिम लिएका थिए । रासस
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार