बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश

भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले ‘मुद्दा नचलाउने’ भनेर गरेको निर्णय बदर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ जेठ, २०८२ मा प्रकाशित
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश
काठमाडौं, जेठ २१ :

सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको बहुप्रतीक्षित रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच सदस्यीय संवैधानिक इजलासले काभ्रेवासी पूर्णिमाया लामाले दायर गरेको रिटमा सो आदेश दिएको हो।

सर्वोच्चको आदेशसँगै २०६९ साउन १२ गते बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले ‘मुद्दा नचलाउने’ भनेर गरेको निर्णय बदर भएको छ। यससँगै काभ्रेका अर्जुन लामाको हत्याका सम्बन्धमा अग्नि सापकोटालगायत माओवादी नेताहरूमाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ।

१४ वर्षअघि सुरु भएको यो विवाद अब संवैधानिक इजलासको आदेशपछि नयाँ मोडमा प्रवेश गरेको छ।

२०६२ साल वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको भेलाबाट अगुवा व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी समूहले बेपत्ता पारेको आरोप लाग्दै आएको छ। 

उनको पत्नी पूर्णिमायाले अग्नि सापकोटासहित सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम र नोर्बु मोक्तानको संलग्नता रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। सर्वोच्चको आदेशले लामाको हत्यामा न्यायिक प्रक्रिया अघि बढ्ने आशा बलियो बनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार