काठमाडौं, जेठ २२ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान,हाइटी र इरानसहित १२ देशहरूबाट अमेरिकामा यात्रा गर्न प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

क्युबा र भेनेजुएला लगायत अन्य  सात अन्य देशका नागरिकहरूले आंशिक यात्रा प्रतिबन्धको सामना गर्नेछन् ।

ह्वाइट हाउसले यी साझा समझदारीका प्रतिबन्धहरूले खतरनाक विदेशी तत्वहरूबाट अमेरिकीहरूलाई सुरक्षित राख्ने बताएको छ ।

ट्रम्पले आइतवार कोलोराडोमा भएको आक्रमणलाई उद्धृत गर्दै यो प्रतिबन्ध घोषणा गरेका हुन्।

ट्रम्पको आफ्नो पहिलो कार्यकाल २०१७ मा पनि सातवटा मुस्लिम-बहुल देशहरूबाट अमेरिकी प्रवेशमा प्रतिबन्ध लगाएका थिए।

केही डेमोक्र्याट नेताहरूले यात्रा प्रतिबन्धप्रति  असन्तुष्टि व्यक्त गरेका छन्।

यो प्रतिबन्ध जुन ट्रम्पको पहिलो कार्यकालको मुस्लिम प्रतिबन्धबाट विस्तार गरिएको हो यो निर्णयले हामीलाई विश्व मञ्चमा अझ एक्लो बनाउनेछ,वाशिङ्टन राज्यकी कांग्रेस सदस्य प्रमिला जयपालले सामाजिक सञ्जालमा लेखेकी छन्।

ट्रम्पले आज राति घोषणा गरेका १९ देशहरूमाथिको यात्रा प्रतिबन्धसँगै उनले हार्भर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भिसामा पनि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन्। यो अमेरिका कै सबैभन्दा पुरानो विश्वविद्यालयसँगको बढ्दो विवादमा उनको पछिल्लो कदम हो।