काठमाडौं, जेठ २२ :

सङ्घीय संसद्को दुवै सदनको बैठक आज पनि बस्दै छ । 

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्नेछ भने  राष्ट्रियसभाको बैठक दिउँसो  १:१५ बजे बस्दैछ ।

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ  ।

यसैगरि बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ  ।

विपक्षी दलहरूले  भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरोध गर्दै आएका छन् । गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा सम्बन्धि छानबिनका लागि संसदीय समिति गठनको माग राख्दै विपक्षीहरुले संसदको बैठक अवरुद्ध गर्दै आएका छन् । विपक्षीले प्रतिनिधिसभाको आजको बैठक पनि चल्न नदिने तयारी गरेका छन् ।