बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

‘ओलीजीले बदलाको राजनीति छोड्नुपर्छ’

'झोले कार्यकर्ता उत्पादन होइन, असली कार्यकर्ता निर्माण गरौं'
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ जेठ, २०८२ मा प्रकाशित
‘ओलीजीले बदलाको राजनीति छोड्नुपर्छ’
काठमाडाैं, जेठ २५ :

पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा टिप्पणी गरेका छन्। 

आइतबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै उनले सरकार बदला लिने सोचबाट चलिरहेको आरोप लगाए।

‘वर्तमान सरकार बदलाको भावना बोकेर सञ्चालित छ,’ नेपालले भने, ‘सरकारले यो वा त्यो बहानामा बदला लिने उद्देश्य नराखोस्। ओलीजीले बदलाको राजनीति छोड्नुपर्छ।’

नेपालले पार्टी कार्यशैलीप्रति पनि आलोचना गर्दै कार्यकर्तालाई ‘झोले’होइन, असली कार्यकर्ता बनाउनुपर्नेमा जोड दिए। ‘

पतञ्जलि प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै नेपालले कानुनी प्रक्रिया सम्मान गर्ने बताए। ‘अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अनुसन्धान हुँदै जाला। मैले अनुसन्धान नहोस् भनेको छैन,’ उनले भने, ‘हामी सुशासनको पक्षमा छौं। पुराना हजार पृष्ठभन्दा बढीका दस्तावेज कानुनी टोलीले अध्ययन गरिरहेको छ। कानुनी उपचारबाट सत्य बाहिर आउँछ।’

पूर्वप्रधानमन्त्री नेपालले आफू सधैं भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिएको दाबी गर्दै वर्तमान सरकारप्रति खबरदारी जारी रहने चेतावनीसमेत दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार