बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

नागरिकता विधेयक : संसदीय समितिबाट सर्वसम्मत पारित, अब आमाको नामबाट पनि सहजै पाइने

आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ जेठ, २०८२ मा प्रकाशित
नागरिकता विधेयक : संसदीय समितिबाट सर्वसम्मत पारित, अब आमाको नामबाट पनि सहजै पाइने
काठमाडौं, जेठ २७ :

आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएको छ । 

राज्य व्यवस्था समितिको मंगलबारको बैठकले नेपाल नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

सभापति खतिवडाका अनुसार विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था गरिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुन नहुँदा नागरिकताविहीनको संख्या ठुलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वघोषणा गलत ठहरिएमा १ वर्षसम्म कैद र जरिवानाको व्यवस्था पनि राखिएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार