
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर, पाउन्ड, बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको मूल्य घटेको छ । तर, युरो, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य भने बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा थियो ।
आज युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा छ । १ पाउन्डको खरिददर १८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रुपैयाँ २८ पैसा छ ।
त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा छ । कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा छ । आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०६ पैसा छ ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।