बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ जेठ, २०८२ मा प्रकाशित
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस
काठमाडौं, जेठ २९ :

वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद् सदस्यमा सिफारिस गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई परिषद्को सदस्यमा सिफारिस गरेका हुन् । 

नेपालको संविधानअनुसार, न्याय परिषद्मा प्रधानमन्त्रीको सिफारिसमा एक जना कानुनविद् सदस्य नियुक्त हुने व्यवस्था छ।

न्याय परिषद्का वर्तमान सदस्य रामप्रसाद भण्डारीको चार वर्षे कार्यकाल १० असारमा समाप्त हुँदैछ। भण्डारीको अवकाशपछि रिक्त हुने सो पदमा प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता नेपालको नाम सिफारिस गरेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार