बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

दिलभूषण नभेटेपछि सहकर्मी नारायण अर्याल पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ जेठ, २०८२ मा प्रकाशित
दिलभूषण नभेटेपछि सहकर्मी नारायण अर्याल पक्राउ
काठमाडौं, जेठ २९ :

प्रहरीले पत्रकार दिलभूषण पाठकलाई नभेटेपछि उनका सहकर्मी नारायण अर्याललाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीले अर्याललाई कुपन्डोलस्थित उनको डेराबाटै पक्राउ गरेको हो । पाठकले बनाएको भिडियो र त्यसविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ पुर्जी लिएर बुधबारदेखि पाठकको घरमा पुगेको प्रहरीले नभेटेपछि बिहीबार सहकर्मी अर्याललाई पक्राउ गरेको हो ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका पुत्र जयवीर देउवाको लगानी हिल्टन होटेलमा रहेको विषय युट्युब च्यानलमार्फत उठाएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार