बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० जेठ, २०८२ मा प्रकाशित
अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित
काठमाडौं, जेठ ३० :

नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।

काठमाडौंको कीर्तिपुरमा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न मतदानबाट देशभरिका प्रतिनिधिले कडरियाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कडरियाले प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पराजित गर्दै अनेरास्ववियुको नेतृत्व गर्ने अवसर पाएका छन् । कडरियाले ७३२ मत ल्याउँदा पौडेलले ७२५ मतमा चित्त बुझाए ।

यस्तै उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना शिवाकोटी विजयी भएका छन् । महासचिव दीपक धामी निर्वाचित भए । उपमहासचिवमा कमल जोशी, सचिव आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिमबाबु खान विजयी भए ।

केन्द्रीय आयोगतर्फ निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला, उपाध्यक्षमा प्रवीण गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा अयोग अध्यक्षमा अञ्जली लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत निर्वाचित भएका छन् । अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी निर्वाचित भए ।

नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट विजयी भए । उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे निर्वाचित भए । कीर्तिपुरमा जेठ २५ गतेदेखि सुरु भएको महाधिवेशनको मतदान बिहीबार सम्पन्न भएको हो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार