बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित #सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित
राजनीति

निर्वाचन र शासन प्रणालीबारे गहिरो बहस आवश्यक : सभामुख घिमिरे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ जेठ, २०८२ मा प्रकाशित
निर्वाचन र शासन प्रणालीबारे गहिरो बहस आवश्यक : सभामुख घिमिरे
काठमाडाैं, जेठ ३१ :

सभामुख देवराज घिमिरेले नेपालको वर्तमान निर्वाचन र शासन प्रणालीमा देखिएका कमजोरीहरूबारे गहिरो बहस हुनुपर्ने बताएका छन्। 

शनिबार संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीको पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्ने कार्यक्रमका क्रममा उनले प्रभावकारी शासन प्रणाली निर्माणका लागि निर्वाचन प्रणाली सुधार आवश्यक रहेको बताए।

उनले वर्तमान निर्वाचन प्रणाली, आचारसंहिता र राजनीतिक दलहरूको भूमिकासँग सम्बन्धित समस्या पहिचान गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘निर्वाचनलाई निष्पक्ष, पारदर्शी र सहभागितामूलक बनाउन के गर्न सकिन्छ भन्नेबारे बहस आवश्यक छ।’

उनले बहुमतीय, समानुपातिक र अन्य प्रणालीका विकल्पबारे पनि छलफल आवश्यक रहेको बताए। ‘के पूर्ण समानुपातिक प्रणाली उचित हो त? कि एकल प्रणाली?,’ उनले भने, ‘यी विषयमा अब गम्भीर विवेचना गर्नुपर्छ।’

कार्यक्रममा उनले जनप्रतिनिधिले स्थायित्वसहित परिणाममुखी काम गर्न सक्ने वातावरण सिर्जना गर्ने खालको प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार