
रौतहट, असार १ :
रौतहटमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको चट्याङ लागेर मृत्यु भएको हो ।
आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए । तराईमा वर्षेनी चट्याङ लागेर थुप्रै व्यक्तिको ज्यान जाने गरेको छ ।