बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कोसी प्रदेश

बराह क्षेत्रमा जंगली हात्ती मृत भेटियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ असार, २०८२ मा प्रकाशित
बराह क्षेत्रमा जंगली हात्ती मृत भेटियो
काठमाडौं, असार २ :

सुनसरीको बराह क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ ।

बराहक्षेत्रमा नगरपालिका २ स्थित कौशिकी सामुदायिक वननजिकैको मकैबारीमा हात्ती सोमबार बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

उनका अनुसार स्थानीय बासिन्दाले हात्ती मृत भेटिएको खबर गरेका थिए । मृत भाले हात्ती झन्डै ५ देखि ७ वर्ष उमेरको छ ।

हात्तीको मृत्युको कारण खुलेको छैन । जिल्ला वन कार्यलय सुनसरी, कोसी टप्पु वन्यजन्तु आरक्षसहितको टोलीले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको कार्कीले जनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार