
फाइल तस्बिर ।
चितवन, असार ३ :
पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार मंगलबार मध्याह्न १२ बजे इच्छाकामना गाउँपालिका ६, तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।
उनका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । -रासस