असार ६ :

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ । तर, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको मूल्य भने घटेको छ । अस्ट्रेलियन डलरको मूल्य बिहीबार पनि घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६९ पैसा थियो । युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा छ ।

त्यस्तै एक पाउन्डको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा छ । अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ ९९ पैसा छ ।

त्यसैगरी कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ९१ पैसा छ । बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६६ पैसा छ ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।