बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द #हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द
समाचार प्रदेश बागमती प्रदेश

बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक गाडी चलाउन रोक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ असार, २०८२ मा प्रकाशित
बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक गाडी चलाउन रोक
काभ्रे, असार ६ :

बर्खामा बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। 

काभ्रे, सिन्धुली र रामेछापका सुरक्षा निकायहरूको संयुक्त समन्वयमा शुक्रबारदेखि लागु हुनेगरी आगामी १५ दिनसम्म साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म विशेष गरी यात्रुवाहक गाडी चलाउन प्रतिबन्ध लगाइएको हो।

काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्ड विशेष जोखिमयुक्त मानिएकाले सो क्षेत्रमा राति सवारी सञ्चालन नगर्न निर्णय गरिएको हो। एकैछिन पानी परे पनि पहिरो र बाढीका कारण राजमार्ग अवरुद्ध हुने घटना दोहोरिरहेकाले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको सुरक्षा निकायहरूले बताएका छन्।

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णयले यात्रुहरूलाई सुरक्षित र व्यवस्थित यात्रा गराउन सकिने विश्वास व्यक्त गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार