बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

शुक्रबार दिउँसो परेको वर्षाले धोबीखोला करिडोर डुबानमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ असार, २०८२ मा प्रकाशित
शुक्रबार दिउँसो परेको वर्षाले धोबीखोला करिडोर डुबानमा
काठमाडौं, असार ६ :

शुक्रबार दिउँसो परेको वर्षाका कारण काठमाडौंको धोबीखोला करिडोर डुबानमा परेको छ। बाढीले सडक जलमग्न हुँदा केही घण्टासम्म सवारी आवागमन पूर्ण रूपमा ठप्प भयो।

पानीको तीव्र बहावले पुलमुनि पार्क गरिएका गाडीहरू डुबानमा परेका छन् भने सडकका विभिन्न भागमा पानी जमेका कारण आवतजावतमा समस्या भएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

अव्यवस्थित घर निर्माण र पानी निकासको उचित व्यवस्था नभएका कारण वर्षा सुरु भएलगत्तै धोबीखोला बस्तीमा  पस्ने गरेको छ। सामान्य वर्षा भए पनि साँगुरो धोबीखोलाले आफ्नो उदण्ड रुप देखाइहाल्छ । आसपासका सडक डुबानमा पर्ने समस्या दोहोरिनु सामान्य जस्तै भएको छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार