शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार विदेश

इरानमा रहेको आफ्ना दूतावासबाट कर्मचारीहरूलाई फिर्ता बोलाउने बेलायतको तयारी

· शुक्रबार, ६ असार, २०८२ मा प्रकाशित
इरानमा रहेको आफ्ना दूतावासबाट कर्मचारीहरूलाई फिर्ता बोलाउने बेलायतको तयारी
काठमाडौं, असार ६ :

बेलायती विदेश मन्त्रालयले इरानमा रहेको आफ्ना दूतावासबाट कर्मचारीहरूलाई फिर्ता गर्न सावधानीका उपायहरू अपनाइरहेको बताएको छ ।

यो कदम इजरायल र इरान बीच गोली हानाहान जारी रहँदा अघि बढाइएको हो ।  आज दिउँसो पनि इजरायलमाथि इरानले मिसाइल  प्रहार गरेको जनाएको छ।

यसअघि इजरायली सेनाले तेहरानमा रहेको क्षेप्यास्त्र निर्माण केन्द्र लगायत दर्जनौँ लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको थियो।

यसै बीच बेलायत, फ्रान्स र जर्मनीका विदेश मन्त्रीहरूले आज जेनेभामा इरानी समकक्षीसँग भेटघाट गरिरहेका छन् । यो भेटघाटको उद्देश्य इजरायल–इरान संघर्षलाई कम गर्ने प्रयासको  रुपमा हेरिएको छ ।

यसबीच  डोनाल्ड ट्रम्पले अमेरिका स्वयंले  इजरायल इरान युद्धमा प्रत्यक्ष रूपमा संलग्न हुने कि नहुने भन्ने निर्णय आगामी दुई हप्ताभित्र लिने  ह्वाईट हाउसले बताएपछि बेलायत, फ्रान्स र जर्मनीका विदेश मन्त्रीहरूले आज जेनेभामा इरानी समकक्षीसँग भेटघाटलाई अघि बढाएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार