काठमाडौं, असार ९ :

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ ।

आजको दिनमा  अमेरिकी डलरको मूल्य स्थिर छ । अन्य धेरै विदेशी मुद्राको मूल्य तलमाथि भएको छ ।

आज युरो, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ । अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको मूल्य भने घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा छ । हिजो र अस्ति पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो ।

त्यसैगरी युरो एकको खरिददर १५९ रुपैयाँ २९ र बिक्रीदर १५९ रुपैयाँ ९८ पैसा छ । यस्तै एक पाउन्डको खरिददर १८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५६ पैसा छ । कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ५० पैसा छ । बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६७ रुपैयाँ ८९ पैसा छ ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर :