काठमाडौं, असार ९ :

संयुक्त राष्ट्रसंघमा ईरानका राजदूत अमीर सईद इरावानीले अमेरिकामाथि निरर्थक बहानामा युद्ध छेडेको आरोप लगाएका छन् ।

अमेरिकाले तीनवटा ईरानी आणविक स्थलमा आक्रमण गरेपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघमा बोल्दै उनले इरानले छिट्टै आणविक हतियार बनाउँदैछ भन्ने विचारलाई झुटो र धोकेबाज प्रचार भएको बताएका छन्।

आपतकालीन संयुक्त राष्ट्र सुरक्षा परिषद् बैठकमा तेहरानले अमेरिका र इजरायलको निन्दा गर्‍यो र कूटनीतिक सम्भावनामा शंका व्यक्त गर्‍यो। विश्व समुदाय सर्वोच्च नेता अयातोल्ला अली खामेनीबाट औपचारिक प्रतिक्रिया कुरिरहेको छ।

स्थानीय समय अनुसार आइतबार बिहान अमेरिकाले ईरानका तीनवटा प्रमुख आणविक सुविधाहरूमा आक्रमण गर्‍यो। अमेरिकीराष्ट्रपति डोनाल्ड ट्रम्पले ती साइटहरू ध्वस्त पारिएको दाबी गरे पनि अधिकारीहरू अझै यो आक्रमणले तेहरानको कार्यक्रममाथि कति ठूलो प्रभाव पारेको हो भन्ने मूल्याङ्कन गरिरहेका छन्।

अमेरिकी विवरण अनुसार बी-२ स्टिल्थ बमवर्षकहरूले फोर्दो र नतांजमा दर्जनौं ठूला बंकर बस्टर बम खसालिएको थियो भने टमहक क्षेप्यास्त्रहरूले इस्फहानमा आक्रमण गरिएको थियो। इरानमा गरएको आक्रमणले अमेरिका इजरायल–ईरान द्वन्द्वमा तानिएको छ ।    

उच्च प्रशासनिक अधिकारीहरूले अमेरिका ईरानसँग युद्धमा नरहेको दाबी गरे पनि ट्रम्पले भने शान्ति नगरे थप आक्रमण हुन सक्ने चेतावनी दिएका छन्। उनले आइतबार बेलुकी ईरानमा सत्ता परिवर्तनको सम्भावना तर्फ पनि संकेत गर्दै भने "यदि हालको ईरानी शासनले ईरानलाई पुनः महान बनाउन सक्दैन भने सत्ता परिवर्तन किन नहोस्?”

विगत एक हप्तादेखि इजरायल र इरानबीच आक्रमण भईरहेको छ ।यसैबीच इजरायलले इरानमा सैन्य लक्ष्यहरूमा आक्रमण जारी राखेको जनाएको छ।