काठमाडौं, असार ९ :

प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जनाएका छन् ।

रास्वपा र राप्रपा दुवै दलले आजको बैठक बहिष्कारसमेत गरेका छन् ।

आजको बैठकमा आकस्मिक समयमा रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्‌मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाए ।

रास्वपाले सोमबार पनि उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग दोहोर्‍याएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।

हेर्नुहोस् प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण :