बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

सदनमा अवरोध पुर्‍याइरहेका रास्वपाका सांसदले गृहमन्त्रीको भाषण बसेरै सुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० असार, २०८२ मा प्रकाशित
सदनमा अवरोध पुर्‍याइरहेका रास्वपाका सांसदले गृहमन्त्रीको भाषण बसेरै सुने
काठमाडौं, असार १० :

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै भिजिट भिसा प्रकरणबारे सांसदहरूले उठाएका प्रश्नको गृहमन्त्री रमेश लेखकले जवाफ दिएका छन् ।

बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरू उठेका थिए । सभामुख देवराज घिमिरेले गृहमन्त्री लेखकले बोल्न समय मागेकाले आसन ग्रहण गरेर जवाफ सुन्न भनेका थिए । त्यसपछि रास्वपाका सांसदहरूले आसन ग्रहण गरेर जवाफ सुनेका थिए ।

सरकारले सोमबार राति पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

समितिलाई १३ कार्यादेश दिइएको छ । तीन महिनाभित्र समितिले प्रतिवेदन तयार गर्नेछ । पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा ६ सदस्यीय समिति बनाइएको हो ।

गृहमन्त्रीले विशेष समय लिएर बोल्दा राप्रपा र रास्वपा शान्त रहे । उनीहरुले गत जेठ १३ गतेदेखि निरन्तर विरोध गर्दै आएका थिए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार