
काठमाडौं, असार १० :
प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै भिजिट भिसा प्रकरणबारे सांसदहरूले उठाएका प्रश्नको गृहमन्त्री रमेश लेखकले जवाफ दिएका छन् ।
बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरू उठेका थिए । सभामुख देवराज घिमिरेले गृहमन्त्री लेखकले बोल्न समय मागेकाले आसन ग्रहण गरेर जवाफ सुन्न भनेका थिए । त्यसपछि रास्वपाका सांसदहरूले आसन ग्रहण गरेर जवाफ सुनेका थिए ।
सरकारले सोमबार राति पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो ।
समितिलाई १३ कार्यादेश दिइएको छ । तीन महिनाभित्र समितिले प्रतिवेदन तयार गर्नेछ । पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा ६ सदस्यीय समिति बनाइएको हो ।
गृहमन्त्रीले विशेष समय लिएर बोल्दा राप्रपा र रास्वपा शान्त रहे । उनीहरुले गत जेठ १३ गतेदेखि निरन्तर विरोध गर्दै आएका थिए ।