बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

‘केही स्वार्थीलाई एमालेको महाधिवेशन लागेको छ, हाम्रो मिसन २०८४ हो’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ असार, २०८२ मा प्रकाशित
‘केही स्वार्थीलाई एमालेको महाधिवेशन लागेको छ, हाम्रो मिसन २०८४ हो’
काठमाडौं, असार १४ :

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्त्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन् ।

जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा चन्द्रागिरि नगरपालिका १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रममा उनले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन-२०८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाबकिताब गरिने बताए ।

‘हामी अर्जुनदृष्टिका साथ मिसन २०८४ को अभियानमा छौं । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन,’ अध्यक्ष ओलीले भने, ‘हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मिहिनेतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए । प्रधानमन्त्री ओलीले मौका परीक्षामा सहभागी हुने र आउने एसईईका लागि पनि देशभर महत्त्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार