
दोहा, असार १५ :
प्रधानमन्त्री केपी ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम पाङ्गोबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहेका उनीहरुबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
भेटवार्ताका क्रममा दुई देशको आपसी र सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।