
काठमाडौं, असार १८ :
कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष पशुपतिदयाल मिश्र पक्राउ परेका छन् । उनी २०६६ देखि ०७५ सालसम्म बैंकको अध्यक्ष थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनलाई नेपालगन्जबाट बुधबार पक्राउ गरिएको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मिश्रसँगै कर्णाली विकास बैंक घोटाला प्रकरणमा अहिलेसम्म तीनजना पक्राउ परिसकेका छन् । यसअघि प्रहरीले यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाशसिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ गरेको छ ।
सीआईबीका अनुसार पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको छ । कर्णाली विकास बैंकमा दुई अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।