
काठमाडौं, असार १९ :
पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
जिल्ला अदालतमा उनी बिहीबार बिहान उपस्थित भएका हुन् । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार पाठकको आजै थुनछेक बहस सुरु हुनेछ ।
उनीविरुद्ध गत असार १६ गते विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको कसुरमा साइबर ब्युरोले मुद्दा दर्ता गरेको थियो । उनीमाथिको अभियोगमा पाठकले युट्युब च्यानलमार्फत् प्रसारण गरेको भिडियोले सामाजिक प्रतिष्ठा, सार्वजनिक नैतिकता र शिष्टाचारमा आँच पुर्याएको तथा चरित्र हत्या गरेको दाबी गरिएको छ ।