बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

दिलभूषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस आजै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ असार, २०८२ मा प्रकाशित
दिलभूषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस आजै
काठमाडौं, असार १९ :

पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

जिल्ला अदालतमा उनी बिहीबार बिहान उपस्थित भएका हुन् । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार पाठकको आजै थुनछेक बहस सुरु हुनेछ ।

उनीविरुद्ध गत असार १६ गते विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको कसुरमा साइबर ब्युरोले मुद्दा दर्ता गरेको थियो । उनीमाथिको अभियोगमा पाठकले युट्युब च्यानलमार्फत् प्रसारण गरेको भिडियोले सामाजिक प्रतिष्ठा, सार्वजनिक नैतिकता र शिष्टाचारमा आँच पुर्‍याएको तथा चरित्र हत्या गरेको दाबी गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार