बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
खेलकुद क्रिकेट

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २१ असार, २०८२ मा प्रकाशित
सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
काठमाडाैं, असार २१ :

नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ।

 शनिबार मलेसियाको वांगीस्थित वाईएसडी यूकेएम ओभलमा भएको फाइनलमा सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका जय थापा २४ रन र अभय यादव १० रनमा अविजित रहे। दुवैले नवौँ विकेटका लागि २५ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए। अभयले विजयी छक्का प्रहार गरेका थिए। शिवांश बजगाईंले २०, शुभम खनालले १८ रन बनाएका थिए।

यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमै समेटिएको थियो। नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए। शुभम खनालले २ तथा कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए।

नेपाल प्रतियोगितामा अपराजित रह्यो। यसअघि पनि सन् २०२३ को संस्करणमा नेपाल विजेता बनेको थियो। यसअघि सन् २०१७ र २०१९ मा यू–१६ इस्टर्न रिजनको उपाधि पनि नेपालले जितेको थियो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार