
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले कुलिङ पिरियडका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको नेतृत्वप्रति प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद झाले जुन दल र नेताप्रति कुरा उठेको थियो त्यही दलले छानबिन समितिको नेतृत्व गरेको भन्दै आशंका व्यक्त गरेका हुन् । उनको भनाइ सत्तारुढ दल नेपाली कांग्रेस र एमाले लक्षित थियो ।
जसको बारेमा छानबिन गर्न समिति बनाइएको हो त्यसैको पार्टीका नेतालाई नेतृत्व गर्न दिइयो भने सत्यतथ्य नआाउन सक्छ उनको भनाइ थियो ।सत्तारुढ दललाई छानबिन समितिको नेतृत्व गर्न दिनु कर्मकाण्डी मात्रै हुने बताए ।
यद्यपि उनले समितिमा आफूहरु पनि रहने बताए ।प्रतिनिधसभाले गठन गरेको छानबिन समितिमा रास्वपाको तर्फबाट पनि एकजना सदस्य छन् ।
सभामुख देवराज घिमिरेले झापछि राप्रपाका सांसद दीपक सिंहलाई बोल्न समय दिएका थिए ।
उनले प्रतिपक्षी दलको विरोध जारी रहँदा दुई तिहाईको दम्भ देखाएर सदन चलाएको भन्दै त्यसको विरोध गरे । सहज रुपमा सदन नचलेसम्म बहिष्कार जारी राख्दै भन्दै उनी बोले लगत्तै रास्वपा र राप्रपाका सांसदहरु बाहिर निस्केका थिए ।