
काठमाडौं, असार २४ :
प्रतिनिधिसभाको बैठक अहिले जारी छ । नियमित कार्यसूची अनुसार दिउँसो १ बजेदखि बैठक सुरु भएको हो । बैठक सुरु भएलगत्तै रास्ववा र राप्रपाका सांसदहरुले यसअघि झ उठेर विरोध जनाए ।
सभामुख देवराज घिमिरेले समय दिएपछि रास्वपाका सोबिता गौतम र राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो भनाइ राखे । त्यसपछि दुवै दलले बैठक बहिष्कार गरेका छन् ।
अहिले सांसदहरुले रसुवामा आएको बाढी र त्यसले पुर्याएको जनधनको बारेमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरुले विपद्को समयमा सरकालाई अझ बढी चनाखो भइ लाग्न समेत आग्रह गरेका छन् । यसैगरी उनीहरुले समसामयिक विषयमा आ-आफ्नो भनाइ राखिरहेका छन् ।