बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

संसद्‍मा गृहमन्त्रीले रास्वपालाई सोधे- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?

‘भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताले अरूलाई नैतिकताको पाठ पढाउन मिल्दैन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ असार, २०८२ मा प्रकाशित
संसद्‍मा गृहमन्त्रीले रास्वपालाई सोधे- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?
काठमाडौं, असार २५ :

गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको विषय संसद् उठाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै मन्त्री लेखकले लामिछानेको अमेरिकी बसाइबारे स्पष्टता माग गरे। उनले भने, ‘माननीय रवि लामिछाने जी कुनै समय अमेरिका जानुभएको थियो भन्ने सुनेको थिएँ। उहाँ भिजिट भिसामा जानुभएको हो कि होइन? यदि होइन भने कुन प्रकारको भिसामा जानुभएको थियो, जानकारी गराउनुहोस्।’

गृहमन्त्रीले भिजिट भिसामा गई त्यस देशको नागरिकता लिने विषयमा पनि प्रश्न गरे।

‘भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन?’ भन्ने जिज्ञासा राख्दै, उनले भने, ‘भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताले अरूलाई नैतिकताको पाठ पढाउन मिल्छ कि मिल्दैन? नैतिकताको प्रश्न आफूबाट सुरु गर्ने कि अरूबाट अपेक्षा गर्ने?’ भिजिट भिसा प्रकरणको विषय उठाएर रास्वपाले करिब दुई महिनादेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार