
काठमाडौं, असार २५ :

त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्री एवं त्रिभुवन विश्व विश्वविद्यालयका कुलपति केपी ओलीसमक्ष बुधबार उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति अर्यालले शपथ लिएका हुन् ।
कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए ।
कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट अर्याललाई आजै नियुक्त गरेका हुन् ।