बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
खेलकुद क्रिकेट

नेपाल टी–२० विश्वकप छनोटको समूह ‘बी’ मा, कुवेत र जापानसँग प्रतिस्पर्धा गर्ने

सुपर सिक्समा पुग्न अक्टोबर ८ र १० का खेल निर्णायक हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ असार, २०८२ मा प्रकाशित
नेपाल टी–२० विश्वकप छनोटको समूह ‘बी’ मा, कुवेत र जापानसँग प्रतिस्पर्धा गर्ने
काठमाडौं, असार २६ :

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालले समूह चरणको पहिलो खेल अक्टोबर ८ मा कुवेतसँग खेल्नेछ भने दोस्रो खेल अक्टोबर १० मा जापानसँग हुनेछ।

छनोट चरणमा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन् । जसलाई तीन–तीन टोलीको तीन समूहमा विभाजन गरिएको छ।  यस्तै समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स, मलेसिया र कतार रहेको छ । समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र समओले रहेको छ ।

प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। 

समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा प्रवेश पाउनेछन्, जुन अक्टोबर १२ देखि १७ सम्म सञ्चालन हुनेछ। सुपर सिक्सबाट उत्कृष्ट टोलीले अन्तिम विश्वकपको टिकट पाउने सम्भावना रहेको छ।यस प्रतियोगितालाई आगामी वर्षको टी–२० विश्वकप २०२६ अष्ट्रेलिया र भारतमा हुने मुख्य प्रतियोगिताको छनोटका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार