
जुम्ला, असार २८ :
भिरबाट लडेर जुम्लाको तिला गाउँपालिका ६, सुडी गाउँका ३५ वर्षीय जंगबहादुर रावतको मृत्यु भएको छ ।
वडाध्यक्ष जंगबहादुर रोकायाका अनुसार दाउरा काट्न जंगल गएका रावतको शनिबार बिहान लडेर मृत्यु भएको हो ।
अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी असिम हमालले जानकारी दिए । -रासस