सुनसरी, असार २९ :

सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा आइतबार बिहान एक दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन्। ३५ वर्षीय सुकदेव शर्मा झुन्डिएको अवस्थामा र उनकी अन्दाजी २३ वर्षीया पत्नी सवेता खातुन ओछ्यानमा मृत भेटिएका हुन्।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार सुकदेवको शव घरको फुसको छानामा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो। उनको शरीर अर्धनग्न अवस्थामा थियो। सवेता खातुनको शव भने ओछ्यानमा सुतिरहेको अवस्थामा भेटिएको छ।

घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।