उदयपुर, असार ३० :

उदयपुरको त्रियुगा नगरपालिका ९, गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा आइतबार बाटोमै ज्यान गएको छ । प्रसूति गराउन जिल्ला असपताल आउने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो ।

सुत्केरी व्यथा लागे पनि उनलाई छिमेकीले ढिलो गरी जिल्ला असपतालमा प्रसूति गराउन ल्याएका थिए । उनको अस्पताल ल्याउनुअघि बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेले जानकारी दिए ।

गिरीका आफन्त घरमा कोही नभएको, आठ वर्षीय छोरा मात्र रहेको र श्रीमान् विदेशमा रहेका कारण उनको समयमै उपचार हुन पाएन । -रासस